माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता गणेश शाहले बताए। 

समसामयिक राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थन फिर्तालगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको उनको भनाइ छ। फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो। 

बुधबार संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क गरेका थिए। यसअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष डा बाबुराम भट्टराईसँग नयाँ सत्ता समीकरणका विषयमा छलफल गरिसकेकोले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको स्रोतले बतायो ।