माधव नेपालसहित चार नेताले आज छुट्टाछुट्टै स्पष्टीकरण बुझाउँदै

माधव नेपालसहित चार नेताले आज छुट्टाछुट्टै स्पष्टीकरण बुझाउँदै

काठमाडाैं । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार नेताले अध्यक्ष केपी ओलीलाई आज स्पष्टीकरण बुझाउने भएका छन् । गत सोमबार पार्टी केन्द्रीय कार्यालयका तर्फबाट चार नेतालाई स्पष्टीकरण सोध्दै छुट्टाछुट्टै पत्र पठाएर तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिइएको थियो । 

जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको थियो । निर्देशनअनुसार चार नेताले छुट्टाछुट्टै पत्र बुझाउन लागेका हुन् । 

नेपाल समूहले ओलीलाई बुझाएपछि स्पष्टीकरणको जवाफ सार्वजनिक गर्ने जनाएको छ । हिजो साँझ नेपाल समूहको स्थायी कमिटी बैठकमा छलफलपछि नेताहरूले स्पष्टीकरणको जवाफ दिने निचोड निकालेका थिए  ।