एमालेको पार्टी कार्यालय थापाथलीमा सर्ने पक्का, ओलीले रुचाए

एमालेको पार्टी कार्यालय थापाथलीमा सर्ने पक्का, ओलीले रुचाए

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सार्न थालिएको पार्टी मुख्यालय भवनको निरीक्षण गरेका छन्। थापाथली पुगेर ओलीले नयाँ सार्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गरेका हुन्। 

थापाथली पुगेर ओलीले सबै सबै कोठाको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धुम्बाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सार्न लागिएको उनले बताए। 

'चक्रपथ विस्तारका क्रममा धुलो धुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ', उनले भने, 'त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सछौँ।' 

विसं २०७२ को भूकम्पले बल्खु, मदन नगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो।  प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो। एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ। 

धेरै पढिएको

छुटाउनुभयो कि ?