प्रधानमन्त्रीलाई भेटेर विप्लवले पोखे यस्तो गुनासो

प्रधानमन्त्रीलाई भेटेर विप्लवले पोखे यस्तो गुनासो

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। ओलीसँगको भेटमा महासचिव ‘विप्लव’ ले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको गुनासो गरेका थिए।

दिउँसो १ बजे भएको भेटवार्तामा विप्लवले बन्दी रिहाइकै विषयमा चासो राखेका थिए। जवाफमा प्रधानमन्त्रीले मुद्दा नलागेका बन्दीहरू रिहा भइसकेको भन्दै मुद्दा लागेकाको अदालती प्रक्रिया हुने भएकाले ती प्रक्रिया चाडै पुरा भएर  बन्दी रिहा हुने जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच गत फागुन २० गते नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेकपाका नेता र कार्यकर्ता रिहाई गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो। सोमबारको भेटमा महासचिवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन्।