थप ४ दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

थप ४ दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सार्वजनिक बिदामा चार दिन थप गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना, भाइटीकाको भोलिपल्ट २१ कात्तिक र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । सधैँ दिइँदै आएका अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् ।