एमाले विवाद : माधव नेपालसहित यी ४ नेतासँग मागियो स्पष्टीकरण

एमाले विवाद : माधव नेपालसहित यी ४ नेतासँग मागियो स्पष्टीकरण

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ। केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित उनी पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले आज पत्र पठाएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिए। रिजालले  भने, ‘एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएको छ।’

गत शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।