'ओलीलाई २० औँ वर्षदेखि विदेशीले हुर्काएका हुन्'

'ओलीलाई २० औँ वर्षदेखि विदेशीले हुर्काएका हुन्'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई २०-२५ वर्षदेखि विदेशीले हुर्काएको बताएका हुन्।

उनले आफूले पहिचानको र दलित आन्दोलनको मुद्दा नछाडेको बताए। उनले देशी विदेशी शक्तिहरु पहिचान र उत्पीडित वर्गको पहिचान र अधिकार खोस्न लागेको र त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरिरहेको बताए।

उनले नेपालको राजनीतिमा लोकतान्त्रिक गणतन्त्र, संविधान, समानुपातिक समावेश व्यवस्थालाई निस्तेज पार्न एउटा देशभित्रका हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालहरु, देशबाहिरका प्रतिक्रियावादीहरु लागिरहेको र उनीहरुले त्यसका लागि ओलीलाई प्रयोग गरेको बताएका हुन्।

उनले अर्को परिवर्तनको धारको आफूले नेतृत्व गरिरहेको दावी गरे। उनले जनताले अहिले आफू कुन धारमा उभिने भन्ने कुराको फैसला गर्नुपर्ने बेला आएको बताए।

धेरै पढिएको

छुटाउनुभयो कि ?