केन्द्रीय कमिटी बैठक ओलीले भने- 'राजीनामा दिनपर्ने अवस्था आउन सक्छ'

केन्द्रीय कमिटी बैठक ओलीले भने- 'राजीनामा दिनपर्ने अवस्था आउन सक्छ'

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् ।

आफूले बोलाएको ‘केन्द्रीय कमिटी’ बैठकमा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६(२) मा रुपान्तरित भएको बताए । यही अनुसार अगाडि बढ्ने भन्दै उनले भने, ‘सरकार टिकाउन अनुचित सम्झौता, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरित काम गर्ने छैनौं ।’

थप घेराबन्दी गरिए नयाँ शक्तिका साथ आउने उनले बताएका थिए । विपक्षीहरुबीच मोर्चाबन्दीको तयारी भैरहेको भन्दै राजीनामा दिनपर्ने अवस्था आउन पनि सक्ने उनले संकेत गरेका थिए ।