काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ। बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले बताए।
यसअघि गौतम ओली वा नेपाल-खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्। यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्।
बैठकमा नेपाल-खनाल समूह भने अनुपस्थित छन्।यो समूहको बैठक पनि सिंहदरबारमा बस्ने तयारी छ ।