काठमाडौं । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो ।
शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो ।
यसअघि पार्टीका बैठक संसदीय दलको कार्यालय सिंहदरबार वा संसद भवन नयाँ बानेश्वरमा बस्दै आइरहेको थियो । नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले नेपाल पक्षलाई सार्वजनिक कार्यक्रममार्फत बैठकमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् ।