काठमाडौं । महान्यायधीवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिएका छन् । महान्यायधीवक्ता खरेलले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत राजीनामाबारे जानकारी दिने भएका छन् ।
खरेलले भने राजीनाको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । ‘१ बजे पत्रकार सम्मेलन छ । त्यही आउनूस् के हो त्यहीँ थाहा हुन्छ’, खरेलले भने ।
यता नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले खरेलले राजीनामा दिएको पुष्टि गरे । उनले आजदेखी लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए ।
संसद् भंग गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय सर्वोच्च अदालतले उल्याएपछि नै खरेलले राजीनामा दिन चाहेका थिए । तर ओलीको आग्रहमा उनले लेखेको राजीनामा पत्र पनि थन्क्याएका थिए ।