काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए ।
बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् । ओली समूहको बैठकले पण्डितलाई प्रदेश १ को सह(इन्चार्जको जिम्मेवारी दिएको छ ।
बैठक स्रोतका अनुसार तुलसा थापा पनि दलको बैठकमा पुगेकी छन् । वामदेव गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा रहेकी थापा दलको बैठकमा पुगेकी हुन् ।
गौतम पत्नी थापा एमालेका समानुपातिक सांसद हुन् । ओली र नेपाल समूहतर्फ बराबर भाग लिदै आएका अन्य सांसदहरु पनि बालुवाटार पुगेका छन् । यस्तै नन्दा चपाइँ, माया ज्ञवाली, सबिना हुसेन, गोपाल बम, कलिला खाँण र विष्णु शर्मा बालुवाटार बैठक उपस्थित छन् ।
बैठकमा सहभागी हुन बालुवाटार पुगेकी सांसद गंगा चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरिन् । बैठकमा पुगेलगत्तै फर्किएकी उनले आफु त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् ।