काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा ओलीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘संसद् चलिरहेको वेला दलको बैठक नियमित प्रक्रिया नै हो,’ उनले भने, ‘नयाँ एजेन्डा त्यस्तो केही छैन ।’
पार्टीमा विवाद उत्पन्न भएका वेला संसदीय दललाई एकढिक्का बनाएर लैजानेतर्फ आफूहरूको ध्यान रहेको उनले बताए । सूर्यचिह्नबाट निर्वाचन जितेका सबैलाई बोलाइएको उनले बताए ।