ओलीलाई छिटो बिदा गर्न चुक्यौं भने इतिहासले हामीलाई माफ गर्ने छैन : डा. भट्टराई

ओलीलाई छिटो बिदा गर्न चुक्यौं भने इतिहासले हामीलाई माफ गर्ने छैन : डा. भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुकेमा इतिहासले माफ नगर्ने बताएका छन् ।

बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गरिरहेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्ररसंविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है !’