प्रचण्डलाई फोन गरेर ओलीले गरे यस्तो आग्रह

प्रचण्डलाई फोन गरेर ओलीले गरे यस्तो आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डसमक्ष पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं भनि प्रस्ताव गरेका छन्।

यता प्रचण्डले कुनै जवाफ नदिएको बताइन्छ । प्रचण्डले पार्टी बैठककै बेला ओलीको फोन आएकोले पछि छलफल गरौंला भनेर टारेका थिए । 

सर्वोच्च अदालतले नेकपा पार्टी ऋषि कट्टेलको नाममा हुने गरि फैसला दिनुका साथै माओवादी केन्द्र र नेकपा एमालेलाई ब्यूँताइदिएको छ। यसअघि पुस ५ गते प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णयसँगै ओली-प्रचण्डबीच संवाद भएको थिएन।