ओली-नेपाल समूहको वार्ता सकियो, के भयो सहमति ?

ओली-नेपाल समूहको वार्ता सकियो, के भयो सहमति ?

काठमाडौं  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो। 

बैठकमा दुवै समूहले आ-आफ्नो अडान राखेको नेता रघुजी पन्तले बताए । प्रधानमन्त्री ओलीले राखेको पछिल्लो बैठक र निर्णयमा नेपाल समूहले आपत्ति जनाएको बताइएको छ ।

पार्टीमा ओलीले एकलौटी गरेको र आफूहरूलाई पेलेको भन्दै विद्रोहको तयारीमा रहेको नेपाल समूह र प्रधानमन्त्री समेत रहेका ओली समूहबीच विवाद समाधानको बिषयमा वार्ता भएको हो । पछिल्लो समय पार्टीमा देखा परेको विवाद समाधानका लागि कार्यदल बनाएर विवाद समाधान गर्न दुवै पक्ष सहमत भएको बताइन्छ । 

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए। 

अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी गर्न खोजेपछि नेपाल समूह असन्तुष्ट छ। पार्टीभित्रको विवादको कारण एमाले फुटको अवस्थामा पुगेका बेला अध्यक्ष ओलीकै पहलमा संवादको थालनी गरिएको हो।

धेरै पढिएको

छुटाउनुभयो कि ?