ओली र नेपाल पक्षबीच धुमबाराहीमा वार्ता शुरु,यी नेता छन् सहभागी

ओली र नेपाल पक्षबीच धुमबाराहीमा वार्ता शुरु,यी नेता छन् सहभागी

काठमाडौं । नेकपा  एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ। यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पार्टी कार्यालय धुमबाराही पुगेका छन् ।

सर्बोच्च अदालतले नेकपाको कानूनी हैंसियत नभएको र पुरानै दुई वटा पार्टी नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि देखिएको पार्टीभित्रको अन्यौल हटाउन एमालेका नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको र यसमा असन्तुष्ट पक्षको सहभागितका बारेमा विभिन्न चर्चा चलिरहेको बेलामा आजको बैठक निकै महत्वपूर्ण मानिएको छ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघु पन्त सहभागी छन् । नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला सहमतिको यो प्रयास भएको छ ।