बालुवाटार जान माधव नेपालले अस्वीकार गरेपछि धुम्बाराहीमा ओली-नेपालबीच वार्ताको तयारी

बालुवाटार जान माधव नेपालले अस्वीकार गरेपछि धुम्बाराहीमा ओली-नेपालबीच वार्ताको तयारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । सर्वोच्चले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन ।

ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको थियो । ओलीले बालुवाटार आउन निम्तो दिए पनि नेपालले अस्वीकार गरेपछि धुम्बाराहीमा बिहान ११ बजे भेट्ने तय भएको उच्च स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार भेटमा दोस्रो तहका केही नेता पनि सहभागी हुनेछन् । नेता नेपालले आफूले एक्लै नभेट्ने भन्दै दोस्रो तहका नेता लिएर आउने बताएका छन् ।