विकासको तिव्रताले नेपाल छिट्टै विकासशील देशमा उक्लनेछः प्रधानमन्त्री

विकासको तिव्रताले नेपाल छिट्टै विकासशील देशमा उक्लनेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्म ओलीले आज प्रादेशिक राजधानीसँग स्थानीय तहहरुलाई जोड्न निर्माण गर्न लागिएको सडक सञ्जालको उद्घाटन गरेका छन् । प्रादेशिक राजधानीसँग नजोडिएका २ सय ८३ स्थानीय तहलाई जोड्न यी सडकहरु निर्माण गर्न लागिएको हो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताए ।

उनले नेपाललाई छिट्टै विकासशील देशहरुको सूचीमा समाबेश गराउन सक्षम हुने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गरे । उनले विकास मात्र होइन दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न निर्देशन पनि दिए।

समृद्द नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गरे । उनले स्थानीय तहको विकासमा ध्यान दिँदा हरेक स्थानीय तहमा एकरएक वटा हेलिप्याड निर्माण गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थलाई ध्यानमा राखेर विकासलाई छायाँमा पार्ने प्रवृत्तीको विरोध गर्नुपर्ने पनि प्रष्ट पारे ।