काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्दै छ। शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले आज उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।
आज बस्ने केन्द्रीय कमिटीको बैठकले त्यो निर्णय गर्ने स्रोतले बतायो । साथै आजको बैठकमा नेपाली कांग्रेस र जसपासँग सत्ता साझेदारीको विषयलाई अनुमोदन गर्ने तयारी छ ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपा प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्ने र सत्ता समीकरण गर्ने विषयमा सहमतिनजिक पुगेको बताइन्छ ।