एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर छैनः प्रधानमन्त्री ओली

एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ओलीले नेकपा एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताएका छन् ।  शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको स्पष्ट पारे। तर आफूलाई सत्ताबाट हटाउन सजिलो भने नरहेको उनले दाबी गरे।

कसैले मोर्चा कसेर आफूलाई सत्ताबाट हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दाबीसमेत प्रधानमन्त्रीले गरे।

‘२०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ। अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छु,’ ओलीले भने।

ओलीले ताजा जनादेशमा जाँदा लोकतन्त्र मासिन्छ र संविधान च्यातिन्छ भन्नेहरूले डेढ वर्ष पछिको चुनावमा धुलो चाट्ने टिप्पणी गरे । 

ओलीले विगत ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताए । ओलीले भने, सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’