जसपा संसदीय दलको नेतामा भट्टराई, ठाकुर र यादवको दाबी

जसपा संसदीय दलको नेतामा भट्टराई, ठाकुर र यादवको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक जारी छ । जसपाको संसदीय दलको कार्यालय सिंहदरवारमा जारी बैठकले संसदीय दलको नेता चयन गर्नेछ । संसदीय दलको बैठकमा सरकारमा जाने र सांसद रेशम चौधरी लगायत राजवन्दीहरुको रिहाईका बारेमा पनि छलफल भइरहेको एक नेताले बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरेको हो ।

अहिलेसम्म दलको बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्दै आएका छन् । उनलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यद्यपि, दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

कसलाई नेता चयन गर्ने भन्नेमा विवाद भएको एक नेताले बताए । बहुमत सांसद ठाकुरको पक्षमा देखिएपनि यादव, भट्टराई र महतोले दाबी गर्दै आएकाले विवाद भएको हो ।