अब ओली सरकारलाई दुई वर्ष नै टिकाउनुपर्छ – झलनाथ खनाल

अब ओली सरकारलाई दुई वर्ष नै टिकाउनुपर्छ – झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अझै दुई वर्षसम्म टिकाउनुपर्ने अभिव्यक्ति दिएका छन् । प्रतिनिधि सभा भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भने, 'अहिले हाम्रै सरकार छँदै छ । अबको दुई वर्षे कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ ।'

खनालले विभिन्न परिस्थितिले आफूहरू एमाले हुँदै नेकपाबाट पुनः एमाले बनाएको गुनासो समेत गरे । 'एकीकृत पार्टी विभाजित भयो,' उनले भने, 'विभिन्न खेल र परिस्थितिले हामीलाई यो ठाउँमा ल्याएको छ ।'

पत्रकारहरुले दुई वर्षपछि एमालेकै सांसदका रुपमा प्रतिनिधिसभा बैठकमा आउँदा कस्तो अनुभव भयो भनेर सोध्दा खनालले आफूलाई निकै रमाइलो लागेको प्रतिक्रिया दिए।