बैठक सुरु नहुँदै संसद भवन पुगेर फर्किए प्रधानमन्त्री

बैठक सुरु नहुँदै संसद भवन पुगेर फर्किए प्रधानमन्त्री

काठमाडाैं । संसद पुनर्थापना पछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्।

उनी पौने एक बजे संसद भवन पुगेका थिए। १५ मिनेटपछि उनी संसद भवनबाट बाहिरिएका हुन्। बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसँग कुराकानी गरेका थिए। उनले पत्रकारहरुलाई  भने कुनै प्रतिक्रिया दिन चाहेनन्। 

संसद बैठक बस्न ढिलो हुने थाहा पाएपछि प्रधानमन्त्री बाहिरिनु भएको नेता सुबास नेम्बाङले  जानकारी दिए। ‘बैठक चल्न ढिला हुने देखेर उहाँ बाहिरिनु भएको हो’, नेम्बाङले भने। संसद् बैठक १ः२० मा सुरु भएको थियो ।