काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि साबिकको अवस्थामा फर्किएका नेकपा एमाले र माओवादी केन्द्रका अलग अलग तयारी सुरु भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिकरुपमा पार्टीभित्र र आफूपक्षीय माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहेका छन्र ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गरेका हुन्। सोमबार पनि प्रधानमन्त्रीले उनीहरुसँग छलफल गरेका िथए ।
प्रधानमन्त्रीले एमाले महासचिव ईश्वर पोखरेल, उपमहाचिव विष्णु पौडेललगायतसँग पनि पार्टीको आन्तरिक संरचना सक्रिय बनाउनेबारे छलफल गरेका छन् ।
माओवादी केन्द्रले पनि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा भावी रणनीतिबारे छलफल हुने बताइएको छ । नेकपा एमालेले पार्टी कार्यालयमा रहेको नेकपाको बोर्डसमेत फेरिसकेको छ ।