सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। माओवादी केन्द्रका एक नेताले दिएको जानकारीअनुसार दिउँसो १ बजे बैठक बस्न लागेको हो। उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन्।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।  बैठकमा आगामी सत्ता समिकरणबारे छलफल ती नेताले बताए।

माओवादी केन्द्रसामू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने वा ओलीलाई समर्थन गर्ने भन्ने विकल्प उपलब्ध छन्। माओवादीले एमालेबाहेकका सदसँग सत्ता साझेदारी गर्ने सम्भावना रहेको स्रोतले बतायो ।