काठमाडौं । माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेको खुलेको छ ।
प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेको नेपाल पक्षले केन्द्रीय सदस्यको नामावली बोकेर आएको पाइएको हो ।
एमाले केन्द्रीय कमिटीमा नेपाल र केपी ओली पक्ष बराबरी अवस्थामा थिए । माधव नेपाल समूह एमालेमै फर्किएर ओलीविरुद्ध संघर्ष गर्ने तयारीमा छ ।