ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा लागे सांसद जोशी

ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा लागे सांसद जोशी

काठमाडौं । पार्टी विभाजनपछि ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल समूहमा लागेका छन् । पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदा सांसद जोशी ओली समूहमा लागेका थिए । सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।

प्रदेश स्तरमा नेताहरूसँग छलफलपछि सांसद जोशी काठमाडौं गएर प्रचण्ड–नेपाल समूहमा फर्किएका युवा नेता अर्जुन साउँदले जानकारी दिए ।