काठमाडौं । आइतबार साँझ ४ बजेका लागि बोलाइएको पुनर्स्थापना पछिको प्रतिनिधिसभाको पहिलो बैठकको कार्यतालिका एकाएक परिवर्तन भएको छ । सभामुख अग्नि सापकोटाको निर्देशनमा सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरेर आजको बैठक अन्त्य गर्ने बताइएको छ ।
एकातिर नेकपाको विवाद चलिरहेको र अर्कोतिर कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको कारण सभामुखले यस्तो निर्देशन दिएका हुन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।