काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले सभामुख अग्नि सापकोटाको काम कारबाही प्रति निगरानी गर्दै आवस्यक परे महाअभियोग लगाउने सम्मको छ्लफल गरेको छ । सापकोटाको भूमिका पहिलेदेखि नै शंकास्पद रहेको र संसदमा पनि पेलेरै अगाडी बढाउन खोज्ने आंकलन गर्दै बालुवाटारमा छलफल भएको नेकपा ओली समुहका एक नेताले बताए ।
उनका अनुसार सापकोटाका पछिल्ला कदमले संसय उत्पन्न गरेको र संसदमा पनि पेल्ने देखिएकोले उनको कृयाकलाप निगरानी गरिएको छ । सापकोटा संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने वा उनीमाथि महाअभियोग लगाउने भन्नेबारे छलफल भएको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा केहि सांसदहरू सहित छलफल भएको थियो । छलफलमा सभामुखले प्रचण्ड(माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने कुरा उठेको ति नेताले बताए ।
प्रचण्ड(माधव पक्षले राजनीतिक निर्णयबाट प्रचण्ड नेता भने पनि त्यसलाई सचिवालयले कानूनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ती गर्नसक्ने आंकलन गर्दै मुठभेडको अवस्था सम्म पुग्ने तयारी ओली पक्षले गरेको छ ।
यदि २५ प्रतिशत सांसदले सभामुखमाथि महाअभियोग लगाएको खण्डमा सभामुख स्वतह निलम्बित हुने व्यवस्था छ । उपसभामुख नभएकाले संसद चलाउन गाह्रो हुने र जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् ।