काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा दल कसको भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको थियो । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले भोलि उक्त विवादको निर्णय सुनाउने भएको हो ।
प्रचण्ड र केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।