काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्। आजको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने सम्भावना पनि रहेको छ ।
सांसद माया ज्ञवाली पनि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संसदीय दलको बैठकमा उपस्थित भएकी छन्। केहि दिनपहिले ओली नेतृत्वको नेकपातर्फ खुलेकी भनिएकी ज्ञवाली शुक्रबार सिंहदरबारमा राखिएको सो पक्षको संसदीय दलको बैठकमा उपस्थित भएकी हुन्।
आइतबारदेखि सुरु हुन लागेको संसद अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने र नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी रहेको हुँदा तटस्थ अवस्थामा रहेका सांसदहरु को कता लाग्छन् भन्ने निकै महत्वपूर्ण हुने भएको छ।