काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूह र प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। दुवै पार्टीले दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय लिइने तयारी दुवै दलको छ।
सकभर आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहबीच भइसकेको श्रोतको दाबी छ। ‘सकेसम्म आजै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ’, दाहाल नेपाल समूहमा रहेका एक सांसदले भने, ‘आज भएन भने आइतबार हुन्छ।’
दाहाल नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी तीव्र बनाएको हो।