हेलिकोप्टर चढ्न मानेनन् विप्लव, गाडीबाट काठमाडौं आउँदै

हेलिकोप्टर चढ्न मानेनन् विप्लव, गाडीबाट काठमाडौं आउँदै

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले व्यवस्था गरेको हेलिकोप्टर प्रयोग गर्न अस्वीकार गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले महासचिव विप्लवलाई हेलिकोप्टमार्फत काठमाडौं ल्याउन प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका छन् । उनी गाडीमार्फत काठमाडौं आउने भएका हुन् । 

गृह स्रोतकाअनुसार सरकारले उनका लागि हेलिकोप्टर ‘स्ट्याण्डबाई’ राखेको थियो । दुई वर्षसम्म भूमिगत रहेर सरकारी हेलिकोप्टर प्रयोग गर्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफैंले व्यवस्था गरेको गाडीबाटै उनी काठमाडौं आउँदैछन् ।

शुक्रबार सरकार र नेकपाबीच औपचारिक रुपमा शान्तिपूर्ण राजनीतिमा आउने विषयमा सहमति हुँदैछ । भोलिको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले सम्बोधन गर्दैछन् । सरकार र नेकपाबीच आज तीन बुँदे सहमति भएको थियो ।