सरकार र विप्लव नेकपाबीच भयो यस्तो सहमति

सरकार र विप्लव नेकपाबीच भयो यस्तो सहमति

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच सहमति भएको छ ।  बिहीबार सरकारसँग तीन बुँदे सहमति भएसँगै यो समूहले हिंसा छोड्न तयार भएको छ । 

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए । 

साथै विप्लव नेकपालाई सरकारमा सहभागि गराउने विषयमा पनि सहमति भएको बुझिएको छ । भोलि एक कार्यक्रमका बीच  विप्लवसँग भएका सहमतिहरु सार्वजनिक गरिने भएको छ । सो कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने भएका छन् । 

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।