काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच जारी वार्ता सहमतिको अन्तिम चरणमा पुगेको छ। विप्लव नेकपाका एक नेताले दिएको जानकारीअनुसार सहमतिका बुँदालाई अन्तिम रूप दिई दस्तावेजीकरण गर्न अहिले दुई पक्ष छलफल गरिरहेका छन्।
आज (बिहीबार) संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेको ती नेताको भनाइ छ। स्रोतका अनुसार हिजो बुधबार एकैदिन दुई चरणको वार्ता गरेका दुई पक्षबीच अनौपचारिक रूपमा तेस्रो चरणको वार्ता पनि भइसकेको छ।
अहिले बिहान सहमतिलाई लिखित रूप दिएर आजै संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। स्रोतका अनुसार ‘प्रतिबन्ध फुकुवा, मुद्दा लागेका २ हजार नेता÷कार्यकर्ताको मुद्दा फिर्ता लिने, थुनामा रहेका डेढ सय जनामध्ये ज्यान मुद्दाबाहेककालाई रिहा गर्ने सहमति’ भइसकेको छ।