प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले सरकार गठनबारे गर्यो यस्तो निर्णय

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले सरकार गठनबारे गर्यो यस्तो निर्णय

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला लगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले त्यसको निन्दा गर्दै तत्काल संवैंधानिक नैतिककता आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो।

यस्तै आजको बैठकले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा पार्टीको स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णयसमेत गरेको छ।आजको केन्द्रीय कमिटी बैठकले सरकार गठनको तयारीसम्बन्धी सबै जिम्मा स्थायी समिति र केन्द्रीय सचिवालय बैठकलाई दिएको नेता भीम रावलले जानकारी दिए।

यस्तै आजको बैठकले पार्टीको आधिकारिकता बारे के भइरहेको भन्ने आयोगमा जानकारी माग्न पत्राचार गर्ने निर्णय गरेको छ। स्थायी कमिटी सदस्य भीम रावलले न्यायमा ढिलाइ गर्नु भनेको न्याय नदिनु सरह हुने भएकाले निर्वाचन आयोगलाई चाँडै निर्णय गर्न बैठकले ध्यानाकर्षण गराएको बताए।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरिरहेको बैठकले ठहर गरेको उनले बताए। आधिकारिकता विवाद निरुपणको सम्बन्धमा जानकारी लिन आवश्यक परे पार्टी अध्यक्षहरू फेरि आयोगको कार्यालयमा पुग्नसक्ने उनले जानकारी दिएका छन्।

‘निर्वाचन आयोगले अत्याधिक बहुमत हुँदासम्म कुनै निर्णय नभएको भन्दै खेद प्रकट गरेको छ।  यस्तै प्रतिनिधि सभा विघटनको विरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका आधारमा सरकारी निर्णय खारेज गरेकोमा न्यायमुर्तिलाई धन्यावाद दिने निर्णय समेत भएको रावलले जानकारी दिए।

यस्तै पार्टीको विधान विपरित काम गरकाले सुवास नेम्बाङलाई स्थायी समितिबाट ६ महिनाका लागि निलम्बन र संसदीय दलको उपनेताबाट राजीनामा दिन लगाउने निर्णय गरेको छ।

यस्तै केन्द्रीय सदस्य बिशाल भट्टराईले जनतामा भ्रम पार्न खोज्ने काम पार्टी विधान विपरित भएको ठहर गर्दै केन्द्रीय सदस्यबाट निकाल्ने निर्णय गरेको छ। यस्तै भट्टराईलाई प्रतिनिधि सभा सदस्यका रूपमा सच्चिएर पार्टी हित अनुसार काम गर्न निर्देशन दिएको छ।

पार्टीमा केपी ओलीको निर्देशनमा अराजक गतिविधि गरेको भन्दै प्रभु साह, कर्ण थापा, शान्ता चौधरी, महेश बस्नेत र सूर्य थापालाई ६ महिनाको निलम्बन गरेको छ।