दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ: प्रधानमन्त्री ओली

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिएन्डसी प्रस्तावित मेडिकल कलेजले चाँडै सम्बन्धन पाउने घोषणा गरेका छन्। कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार विर्तामोडमा उद्घाटन गर्दै ओलीले सो घोषणा गरेका हुन्।

सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने ओलीले बताए। ‘यो क्यान्सर अस्पताल मात्र हैन, बिएन्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ,’ उनले भने, ‘यो कुरा अघि बढिसकेको कुरा उहाँ दुर्गा प्रसाईंलाई थाहा छ।’

यसअघि फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौं विश्वविद्यालयको कार्यकारिणी सभा (सिनेट) बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय  गराएका थिए।