विप्लव नेकपासँग वार्ताको तयारी, सरकारी टोलीको नेतृत्व गृहमन्त्रीले गर्ने, विप्लव टोलीको नेतृत्व प्रकाण्डले गर्दै

विप्लव नेकपासँग वार्ताको तयारी, सरकारी टोलीको नेतृत्व गृहमन्त्रीले गर्ने, विप्लव टोलीको नेतृत्व प्रकाण्डले गर्दै

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्।

टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई रहेका छन्। 

यताविप्लव नेतृत्वको भूमिगत नेकपाले पनि सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

विप्लवनिकट एक नेताले दिएको जानकारीअनुसार विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आजै केहिबेरपछि सार्वजनिक गरिँदैछ।


हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी केपी शर्मा ओली नेतृत्वको यहि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।