ममाथि शारीरिक हमला भयो भने पनि अन्यथा नलिनू: प्रधानमन्त्री ओली

ममाथि शारीरिक हमला भयो भने पनि अन्यथा नलिनू: प्रधानमन्त्री ओली

पोखरा ।  प्रधानमन्त्री केपी ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने भन्दै ज्यान तलमाथि भयो भने पनि अनौठो नमान आग्रह गरे । 

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’ उनले आफू नरहे पनि पार्टी र नेतृत्व रहेका कारण पार्टीको भविष्य अन्धकारमा नजाने बताए।

ओलीले देव गुरुङलाई आफैँले मुख्य सचेतक बनाएको र आफैँले हटाएको पनि बताए । उनले नियुक्ति दिनेले नियुक्त बदर गर्न सक्ने पनि बताए । 'नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ' उनले भने 'मुख्य सचेतक बनाएको थिएँ देव गुरुङलाई । अस्तिका दिन मात्रै मैले बनाएको हो मैले हटाइदिएँ ।'

अर्का मुख्य सचेतकमा विशाल भट्टराईलाई आफूले नियक्ति गरेको बताए । प्रचण्ड(माधव नेपाल समूहले बनाएको केन्द्रीय कमिटी पनि आफूले नै बनाएको उनले बताए ।