सिंहदरबारमै बस्यो प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक

सिंहदरबारमै बस्यो प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ। नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो।

बिहानैदेखि जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। यसअघि पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बस्ने गरेको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक संसदीय दलको कार्यालयमा बसेको हो।

संसद् पुनर्स्थापनापछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले केही दिनयता बाह्य तथा आन्तरिक छलफललाई तीव्र पारेको छ।