प्रधानमन्त्री ओलीद्वारा धरमपुर मंगलबारे जोड्नु पुल उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा धरमपुर मंगलबारे जोड्नु पुल उद्घाटन

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार झापामा कमल गाँउपालिका वडा नं. २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गरेका छन् । भद्रपुर बिमानस्थल हुँदै उनी आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाँउपालिका पुगेका थिए । ओलीले निर्वाचनको समयमा आफ्ना भाषणहरुमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहि पनि बाँस तथा काठको पुल नहुने दाबी गरे ।

ओलीले कुनै भाषण नगरी पुलको रिविन काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा गएका थिए । यहाँ पुल नभएका कारण शिवसताक्षी र कमलका बासिन्दालाई एकआपसमा जोडिन समस्या भएकोमा यो समस्या हल भएको स्थानीयले बताएकाछन् ।

आज कमल गाँउपालिका र दमक नगरपालिकामा ओलीका आधा दर्जन कार्यक्रमहरु रहेकाछन् । पुल उद्घाटन र शिलन्यासका कार्यक्रमहरु साँझसम्म रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयकासदस्य होमबहादुर थापाले बताए ।