काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जान लागेका छन्। जहाजबाट झापा जान लागेका प्रधानमन्त्री ओलीले दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।
त्यहाँ पुल र समग्र विकास निर्माणको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको पनि उनले शिलान्यास गर्ने छन्।
यस्तै, दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय उनले यस्ता उद्घाटन र शिलन्यासलाई तिब्रता दिँदै आएका छन्। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।