२३ फागुनमा संसद अधिवेशन बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय

२३ फागुनमा संसद अधिवेशन बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।

प्रधानमन्त्री ओली संसद्बाट अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा छन् भने प्रचण्ड  नेपाल समूह कांग्रेस र राजपाको सहकार्यमा नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।