ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

आफू निकटका नेतालाई कारवाहि गरेपछि प्रचण्ड नेपाल समूहले आधिकारिकताको प्रश्न उठाउँदै विरोध जनाउन शुरु गरेको छ ।