बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई  बामदेव गौतमले दिए यस्तो सुझाव

बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई  बामदेव गौतमले दिए यस्तो सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

गौतमले ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन पहल गर्न आग्रह गरेको बुझिएको छ । पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नलागी एकता अभियानमा लागेका गौतम सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि एकताको पहलमा थप सक्रिय छन्। ।

प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पनस्र्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिएका हुन् । नेकपा प्रचण्ड–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेसको साथ लिएर सत्ता गठबन्धन गर्ने तयारी गरिराखेको छ । प्रधानमन्त्री ओलीलेसमेत प्रचण्ड–नेपाल समूहलाई पाखा लगाएर सत्ता गठबन्धनका लागि कांग्रेससँग छलफल अगाडि बढाएका छन् ।

कांग्रेसले भने नेकपा पार्टी विभाजन भइनसकेको अवस्थामा कुनै समूहलाई समर्थन गर्ने अवस्था नरहेको बताएको छ ।