राष्ट्रपति भण्डारी क्षमापूजाका लागि आज पशुपतिनाथ जाँदै

राष्ट्रपति भण्डारी क्षमापूजाका लागि आज पशुपतिनाथ जाँदै

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज पशुपतिनाथ मन्दिर जाने भएकी छिन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि जान लागेकी हुन् । विभिन्न पक्षको विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम हुँदै आएको छ । 

जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए । 

केसी अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।