काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् । इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको थियो ।
प्रधानन्यायाधीशले फैसला सुनाउँदै गर्दा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ ।