संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा, आजै आउन लागेको हो फैसला ?

संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा, आजै आउन लागेको हो फैसला ?

काठमाडौं । संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार साढे ५ बजेसम्म इजलास चलिरहेको छ ।

इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ । इजलासमा सुनुवाइ भइरहँदा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ ।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।

कार्यालय समय सकिएपछि पनि इजलास चलिरहेकोले आजै फैसला आउने आशंकामा सर्वोच्चमा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।