प्रधानमन्त्री-महान्यायाधिवक्ता विवाद प्रकरण: खरेलले राजीनामा दिएका हुन् ?

प्रधानमन्त्री-महान्यायाधिवक्ता विवाद प्रकरण: खरेलले राजीनामा दिएका हुन् ?

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रवक्ता संजिवराज रेग्मीले सो समाचारमा कुनै सत्यता नरहेको र अहिले राजीनामा दिन पर्ने कुनै अबस्था पनि नरहेको बताए ।

उनले यस विषयमा महान्यायाधिवक्ता कार्यालयले केही समयमा आधिकारीक विज्ञप्ति जारी गर्ने तयारी गरेको समेत जानकारी गराए ।

संसद् विघटन मुद्दामा खरेलले राम्रो भूमिका खेल्न नसकेको भन्दै प्रधानमन्त्री ओली उनीसँग आक्रोशित भएका छन् । यसै विषयलाई लिएर खरेलले राजीनामा दिएको खबर सार्वजनिक भएका थिए ।